रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु

99

रौतहट, १ असार ।
आज बिहान रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं। १ जयनगरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो। बिहान मौसम खराब भई पानी पर्न थालेपछि बनिया घर अगाडि बाँधिएको बाख्रा फुकाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.