एएचएफ नेपालद्वारा आयोजित डिजिटल भ्वाइस च्यालेन्ज सफलतापूर्वक सम्पन्न
वीरगञ्ज। एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालले आयोजना गरेको डिजिटल भ्वाइसेस च्यालेञ्जको नतिजा सार्वजनिक भएको छ। प्रतियोगितामा वीरगञ्जकी अर्पिता साह प्रथम, नेपालगञ्जका धिरज सुनार द्वितीय र वीरगञ्जकै सञ्जु महतो तृतीय भएकाे एएचएफ नेपालका मयङ्क गुप्ताले जााकारि दिए। प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए।
सहभागीहरूले एचआईभी एड्सबारे सचेतनामूलक सामग्री प्रस्तुत गरेका थिए। एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफका अनुसार अहिलेका युवा पुस्ता डिजिटलमा बढी सक्रिय रहेका कारण डिजिटल माध्यममार्फत सचेतना फैलाउने उद्देश्यले यो च्यालेञ्ज आयोजना गरिएको हो।
विजेतालाई नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले पुरस्कार प्रदान गरेका थिए। उनले एएचएफ नेपालकाे सहयाेगका कारण नारायणी अस्पतालकाे एआरटी सेन्टरबाट सेवा प्रवाह प्रभावकारी रूपमा भैरहेकाे बताए। उनका अनुसार एचआईभी एड्सबारे सही जानकारी र समयमा उपचारले जोखिम घटाउने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरूरी छ ।