गौतम स्कुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,१५ जना महिला सहित ४५ जनाले गरे रक्तदान

77

 

वीरगंज, ०३ साउन

वीरगंज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वयमा गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा ‘एक घर, एक रक्तदाता’ भन्ने नारा अघि सारिएको थियो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयकी म्यानेजिङ डाइरेक्टर प्रीया परिक्षा लामाको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाका सभापति बृजकिशोर पटेलको विशिष्ट आतिथ्य रहेको थियो। गौतम स्कुलका अनुसार अभियानको मुख्य उद्देश्य समाजमा रक्तदानप्रति चेतना जगाउनुका साथै बिरामीको जीवनरक्षाका लागि नियमित रक्तदान संस्कारलाई प्रवर्द्धन गर्नु हो।

 

उक्त रक्तदान कार्यक्रममा १५ महिला सहित कुल ४५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने व्यक्तिहरूमध्ये प्रीया परिक्षा लामा, रुक्मिणी चौधरी, देव सरन चौधरी थारु, उमाशंकर प्रसाद कुश्वाहा, देवराज न्यौपाने, अर्विन्द कुमार चौधरी, प्रभाकर गुप्ता, निरज गुप्ता, बेदानन्द ठाकुर लगायतका सक्रिय सहभागिता रहे।

कार्यक्रममा रक्त संचारका प्रमुख सौरभ राज पाण्डेका भनाई अनुसार “रक्तको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट बञ्चित हुँदै आएका छन्। यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक परिवर्तन आउन सक्छ।”

वीरगंजमा देखिने नियमित रक्त अभावको समस्या सामूहिक प्रयासबाट मात्र समाधान हुनसक्ने र ‘एक घर, एक रक्तदाता’ अभियानले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, राजन श्रीवास्तव, जितेन्द्र कुश्वाहा, विवेक यादव, नितेश साह लगायतले प्राविधिक सहयोग पुर्‍याएका थिए।

गौतम स्कूलका शिक्षक गणेश क्षेत्री, रमेश शर्मा,सौराज प्रधानका विशेष उपस्थिति रहेको थियोे। उक्त रक्तदान कार्यक्रम शनिबार गौतम स्कूलको जुनियर विंगमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.