अन्तरिम सरकारको नेतृत्वमा कार्की, अमेरिका खुशी

133

काठमाडौँ, भदौ २९ – नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति भएकोमा संयुक्त राज्य अमेरिकाले स्वागत जनाएको छ। यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताका दुःखद् घटनापछि शान्तिपूर्ण समाधानतर्फको कदमको सराहना गरेको हो।

विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै, दुःखद् समयमा नेपालसँग अमेरिका शोकमा पनि साथमा रहेको उल्लेख गरिएको छ।

‘हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ। राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.