आईपीएल सुरु: बैंगलोरले जित्यो उद्घाटन खेल, आज मुम्बई–कोलकता भिडन्त

45

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करणमा आज मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच रोमाञ्चक भिडन्त हुने भएको छ। खेल नेपाली समय अनुसार राति पौने ८ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुनेछ।

आईपीएलको इतिहासमा मुम्बई पाँच पटक विजेता भइसकेको छ (२०१३, २०१५, २०१७, २०१९, २०२०), भने कोलकताले तीन पटक उपाधि जितेको छ (२०१२, २०१४, २०२४)।

सिजनको पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। बैंगलोरका विराट कोहलीले अविजित ६९ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

Leave A Reply

Your email address will not be published.