PABSON T20 क्रिकेट–२०८२ : माउन्ट मकालु विजयी, आकाश कुमार यादव चम्किए
वीरगञ्ज । PABSON पर्साद्वारा आयोजित PABSON T20 क्रिकेट प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै Mount Makalu Secondary School का विद्यार्थी आकाश कुमार यादव लाई Man of the Match घोषित गरिएको छ।
प्रतियोगिताको पहिलो खेलमा Mount Makalu Secondary School ले Malini Academy लाई पराजित गर्दै शानदार विजय हासिल गरेको छ। खेलमा विद्यार्थी आकाश कुमार यादवको ब्याटिङ तथा फिल्डिङमा देखिएको उत्कृष्ट प्रदर्शनले टोलीको जितमा निर्णायक भूमिका खेलेको थियो।
विद्यालय प्रशासनले विजेता टोली र Man of the Match घोषित विद्यार्थी यादवलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै, आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गरी विद्यालयको नाम उच्च बनाउने कामना व्यक्त गरेको छ।