ओभल टेस्टमा भारतको ६ रनको रोमाञ्चक जित, श्रृङ्खला २–२ को बराबरी
एजेन्सी – भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ । ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २(२ को बराबरीमा सकिएको हो ।
३ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय ६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई मात्र ३५ रनको आवश्यकता रहँदा हातमा ४ विकेट बाँकी थियो । अन्तिम दिनको २८ रन खर्चिएर ४ विकेट लिएपछि भारतले टेस्ट जितेको थियो ।
दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले । ब्रुकले १४ चौका र २ छक्कासहित १ सय ११ रन बनाए । रुटले १२ चौकाका साथमा १ सय ५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए ।
भारतका लागि मोहममद सिराजले ३०।१ ओभरमा १ सय ४ रन खर्चिएर ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ तथा आकाश दिपले १ विकेट लिए । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेर ३ सय ७३ रनको अग्रता लिएको थियो । त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो।