कक्षा सञ्चालनको माग गर्दै अनेरास्ववियु पर्साद्वारा प्रशासनलाई ज्ञापन बुझाइयो

219

 

वीरगञ्ज : एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) पर्साले वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा अवरुद्ध पठनपाठन तत्काल सञ्चालन गर्न माग गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको ज्ञापनपत्रमार्फत अनेरास्ववियुले क्याम्पसमा उत्पन्न आन्तरिक विवादका कारण विद्यार्थीहरूको अध्ययन प्रभावित भइरहेको जनाउँदै शिक्षण कार्य यथाशीघ्र सुरु गर्न आग्रह गरेको हो।

ज्ञापनपत्रमा क्याम्पस लामो समयदेखि स्थानीय विद्यार्थीहरूको शैक्षिक अधिकार र गुणस्तरको प्रमुख केन्द्र रहँदै आएको हो। तर पछिल्ला आन्तरिक विवादका कारण पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीहरू समस्यामा परेका छन्।

अनेरास्ववियुले आन्तरिक विवाद समाधान गरी शिक्षण सुचारु नगरे विद्यार्थी विरोधका कार्यक्रम सुरु गरिने चेतावनी दिएको छ। अध्यक्ष सुजित मण्डलले प्रशासनलाई ज्ञापन बुझाउँदै भने, “विद्यार्थीको भविष्यसँग खेलवाड हुन दिइने छैन, तत्काल कक्षा सञ्चालन गर्नुपर्नेछ।”

उक्त ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु केन्द्रिय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह-सचिव आमान अन्सारी, अनिल हजरा लगायत विद्यार्थी तथा युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.