कक्षा ११ का लागि ग्लोबल कलेजको स्वागत समारोह, अनुभव र उत्साहले भरिएको तीन दिन

716

 

बीरगंज, श्रावण १८ – आनन्द पटेल

ग्लोबल बिजनेस कलेज, बीरगंजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै तीनदिने “??????? & ??????????? ???????? ????” भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रम बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको थियो ।

‘?? ??? ?????? – ???? ??? ??????’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक यात्रा, आत्मविकास, नेतृत्व सीप र सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने उद्देश्य लिइएको थियो।

कार्यक्रमको उद्घाटनमा कलेजका निर्देशक श्रीराम कुमार दासले ग्लोबल कलेज केवल शैक्षिक संस्था नभई “व्यक्तित्व निर्माणको प्रयोगशाला” भएको बताउँदै विद्यार्थीहरूलाई जोश र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरे।

अर्का निदेशक ओमप्रकाश श्रेष्ठले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि ग्लोबल कलेजले अत्याधुनिक शैक्षिक संरचना, दक्ष शिक्षक समूह र व्यवहारिक शिक्षामा जोड दिइरहेको बताए।

उनले भने,

“हामी विद्यार्थीलाई केवल किताबी ज्ञान दिने पक्षमा छैनौं। हाम्रो लक्ष्य भनेको उनीहरूलाई आत्मविश्वासी, नवप्रवर्तनशील र नेतृत्व क्षमतायुक्त नागरिकका रूपमा तयार गर्नु हो। ग्लोबल कलेज तपाईंहरूको दोस्रो घर हो, जहाँ प्रत्येक विद्यार्थीको प्रतिभा पहिचान गरी उजागर गरिन्छ।”

श्रेष्ठले थप स्पष्ट पारे,

“आजको विद्यार्थी नै भोलिको देश निर्माता हो। त्यसैले शिक्षालाई जीवन परिवर्तनको हतियार बनाउँदै अघि बढ्न हामी सधैं तपाईंहरूको साथमा छौं।

कार्यक्रमका बीबीए तथा एमबीए कोर्डिनेटर सन्तोष कर्णले ग्लोबल बिजनेस कलेजले व्यवसायिक शिक्षा मात्र होइन, नेतृत्व, नैतिकता र नवप्रवर्तनलाई जोड दिने बताए। उनले भने, “हामी विद्यार्थीहरूलाई उद्योग–व्यवसायको व्यवहारिक ज्ञानसहित भविष्यका नेतृत्वकर्ताका रूपमा तयार पार्न प्रतिबद्ध छौं।”

संस्थापक तथा फाइनान्स हेड अशोक सर्राफले विद्यार्थीको आर्थिक, मानसिक र शैक्षिक सशक्तीकरणका लागि कलेजले भरपुर प्रयास गरिरहेको उल्लेख गर्दै भने, “ग्लोबल कलेज सफलताको मूल आधार जिम्मेवार विद्यार्थी, समर्पित शिक्षक र स्पष्ट दृष्टिकोण हो।”

संस्थापक तथा प्रमुख सल्लाहकार निभा दासले विद्यार्थीहरूलाई भावनात्मक रूपमा जोड्ने शिक्षा प्रणाली र संस्कार निर्माणमा ग्लोबल कलेजको विशेष ध्यान रहेको बताउँदै भनिन्, “हामी शिक्षा र संस्कारलाई एउटै सूत्रमा बाँधेर विद्यार्थीलाई मानवता र नेतृत्वको मूल्यमान्यता दिन चाहन्छौं।”

यसैगरी कार्यक्रममा नेपाली विषयका प्रमुख सन्दीप साहले ग्लोबल कलेजको नवप्रवर्तनशील पठनपाठन शैलीबारे प्रकाश पार्दै व्यवहारिक सिकाइ, प्रस्तुतीकरण सीप, समूह कार्य, र सहकार्यका अवसरहरू बारे जानकारी गराए।

यति मात्र होइन रामबाबु चौरसिया, अतुल श्रीवास्तव, जितेन्द्र कुशवाहा, गुडु रौनियार र राखी कर्ण — सबैले आ–आफ्नो शैक्षिक विभागमा विद्यार्थीको समग्र विकासमा निरन्तर नयाँ प्रयोग र प्रेरणामूलक सिकाइ पद्धति ल्याइरहेको बताए। उनीहरूले “विद्यार्थीका लागि ग्लोबल एउटा गन्तव्य मात्र होइन, अवसरको थालो हो” भन्ने धारणा राखे।

क्याम्पस कोर्डिनेटर तथा ईसीए हेड सुरज पटेलले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप, नेतृत्व र टीमवर्क विकासमा आफूले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पढाइसँगै विद्यार्थीको सामाजिक र भावनात्मक सीप विकासमा पनि हामी उत्तिकै गम्भीर छौं।

ओरियन्टेसन सेसनमा कलेजका शैक्षिक, प्रशासनिक, अनुशासन र सहकार्य सम्बन्धी विषयहरू प्रष्ट्याईएको थियो । साथै, विद्यार्थीहरूका लागि नेतृत्व विकास, करिअर योजना, र सह–शैक्षिक गतिविधिमा सहभागी हुने अवसरबारे जानकारी दिइयो।

विद्यार्थीहरूले कलेजले गरेको नयाँ सुरुवातप्रति उत्साह, विश्वास र संकल्प प्रकट गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.