किसानमैत्री निर्णय: उखु मूल्य ६२० रुपैयाँ, पूर्वमुख्यमन्त्री यादवद्वारा निर्णयको प्रशंसा
वीरगंज । संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसैगरी, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, मन्त्रिपरिषद् सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो। उखु किसानहरूको मागलाई सम्बोधन गर्दै संघीय सरकारले यस निर्णयलाई कार्यान्वयन गर्नका लागि पहल गरेको हो, जसले किसानलाई प्रतिफल र प्रोत्साहन दिनेछ।
यसैवीच मधेशका पूर्वमुख्यमन्त्री सरोज यादवले पनि यो निर्णयको स्वागत गर्दै, केन्द्रीय सरकारलाई धन्यवाद दिएका छन्। मधेस प्रदेश सरकारको तत्कालीन निर्णयलाई पनि कार्यान्वयन गरिएकोमा उनले आभार प्रकट गरेका छन्।
यादवले आफ्नो क्याविनेटको निर्णयलाई केन्द्रीय सरकारले निरन्तरता दिएकोमा हामी खुसी छौं। यस निर्णयले उखु किसानको स्थिति सुधार्न मद्दत पुर्याउनेछ र कृषिमा नयाँ उचाइ हासिल गर्न मद्दत गर्ने बताएका छन ।
यस निर्णयले कृषकलाई थप प्रोत्साहन दिने र नेपालका कृषिमा समृद्धि ल्याउने अपेक्षा गरिएको छ।