जनकपुरधाममा वकिलको नेतृत्वमा पत्रकारमाथि आक्रमण, छानबिनका लागि केन्द्रीय टोली खटियो

29

काठमाण्डौ । धनुषास्थित जनकपुरधाममा पत्रकारमाथि भएको भौतिक आक्रमणको घटनापछि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अध्ययन प्रतिवेदनका लागि विशेष मिसन गठन गरेको छ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कानूनी प्रक्रिया पूरा गरी प्राप्त गरेको कार्यालय भवन निर्माणका लागि धनुषास्थित जग्गा संरक्षणको काम भइरहेका बेला नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष विमल कुमार मिश्रको नेतृत्वमा आएको वकिलको समूहले पत्रकारमाथि आक्रमण गरेको थियो।

साउन २७ गतेको घटनामा महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय र विनिता यादवलगायत घाइते भएका थिए।

घटनाको अध्ययन र प्रतिवेदन पेस गर्न केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरिएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए। मिसन टोलीले सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिवेदन तयार गर्ने र सोही आधारमा महासंघले आवश्यक कदम चाल्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.