जनमत पार्टीद्धारा पर्साको निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रमको आयोजना

59

१२ असार, वीरगन्ज ।

जनमत पार्टीले पर्साको राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्दै दुई संघीय निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। बुधबार वीरगन्जको जिल्ला समन्वय समिति सभाहलमा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रमका दौरान विभिन्न पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन म विभाग प्रमुख डा। जयकान्त राउतले टीका र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरूमा वीरगन्जका सामाजिक महिलाहरू सुधा सिंह, सीमा सिंह, संजय साह, आकाश गुप्ता, सरोज यादव लगायत तीन दर्जन युवाहरु रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जनकारी दिए । पर्साको संघीय निर्वाचन क्षेत्र नम्बर १ र २ लाई लक्षित गरी छुट्टाछुट्टै आयोजना गरिएको यो प्रशिक्षण कार्यक्रमले जनमत पार्टीले स्थानीय स्तरमा आफ्नो संगठनलाई सुदृढ पार्ने प्रयास गरेको नेता सर्राफले बताए ।

आज असार १२ गते पोखरिया स्थिति विशाल धर्मशालामा क्षेत्र नम्बर (३ को र धोबिनी असवारी स्थित हनुमान धर्मशालामा क्षेत्र नम्बर (४ को प्रशिक्षण हुने अध्यक्ष सरार्फले बताए। कार्यक्रममा जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सर्राफ, केन्द्रिय सदस्यहरु अनुराग द्विवेदी,रम्भा मिश्रा, हरिहर साह,अनिता रौनियार ,नजमा खातुन , राजेश चौरसिया ,राष्ट्रिय परिषद सदस्य बृजकिसोर कलवार ,महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव ,क्षेत्र नम्बर (१ का संयोजक गगनदेव यादव ,क्षेत्र नम्बर १ख को संयोजक डा मनोज यादव लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.