टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्व मन्त्री बस्नेत सहित १६ जना विरुद्ध मुद्दा दायर

41

१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यसअघि अनुसन्धान टुंगिएको लामो समय बितिसक्दा पनि अख्तयारले टेरामक्स भ्रष्टाचारबारे कुनै निर्णय गर्न सकेको थियो । सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अख्तियार अनिर्णित भएको छ ।

यी हुन् ती १६ प्रतिवादीहरू

तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेत

दूरसञ्चारका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल

तत्कालीन सदस्यहरू

धनराज ज्ञवाली

टीकाप्रसाद उप्रेती

तत्कालीन निर्देशक विजयकुमार राय

उपनिर्देशकहरू

रेवतीराम पन्थ,

सुरेश बस्नेत,

हिरण्यप्रसाद बस्ताकोट,

अच्युतानन्द मिश्र,

निर्देशकहरू

सुरेन्द्रलाल हाडा,

दीपेश आचार्य,

सन्दीप अधिकारी,

परामर्शदाता भ्यानराइज सोल्युसन्स

कम्पनीका सीईओ जमल अनोन्ती

लोकल एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं

लोकल एजेन्टका अध्यक्ष दिलिपकुमार गुरुङ र

निर्देशक तेजप्रसाद खरेल

Leave A Reply

Your email address will not be published.