दिल्लीको लाल किल्ला नजिक कार विस्फोट: ८ को मृत्यु, २४ घाइते
नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेसन नजिकै कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घटना काठमाडौं समय अनुसार करिब साँझ ७ बजे भएको थियो।
विस्फोटको धमाका यति शक्तिशाली थियो कि वरपरका तीन–चार वटा गाडी पूर्ण रूपमा जलेर नष्ट भए। घटनास्थलमा तत्काल दिल्ली फायर सर्भिसका सातवटा दमकल पुगेका थिए र आगो नियन्त्रणमा लिए।
विस्फोटपछि स्थानीय क्षेत्र त्रसित बनेको थियो, मानिसहरू भागदौडमा जुटेका थिए र सुरक्षा बलहरूले तत्काल क्षेत्र खाली गराएका थिए। हालसम्म विस्फोटको कारण स्पष्ट भएको छैन। सुरक्षा अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन् र थप विवरण आउँन बाँकी छ।