देशको चासो बनेको झापा–५ मा बालेनको शानदार जीत

73

झापा । प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै शाहले निर्वाचन अधिकृतको कार्यालयबाट विजयी प्रमाणपत्र समेत ग्रहण गरेका छन्।

झापा–५ को चुनावलाई यसपटक देशभर विशेष चासोका साथ हेरिएको थियो। पूर्वप्रधानमन्त्री ओली र चर्चित स्वतन्त्र छवि बनाएका बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। मतगणनाको सुरुवातदेखि नै दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः शाहले उल्लेख्य मतान्तरसहित जित हात पारेका हुन्।

यस परिणामलाई झापा मात्र नभई राष्ट्रिय राजनीतिको दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ। शाहको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले झापा–५ मा ऐतिहासिक सफलता हासिल गरेको विश्लेषण गरिएको छ।

Leave A Reply

Your email address will not be published.