देशभर मनसुनी प्रभाव: मधेस सहित तराईमा वर्षा जारी

83

काठमाडौं, साउन १९ –
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसले गर्दा पानी पर्ने प्रणाली नेपालको तराई क्षेत्रमा सक्रिय भएको हो।

सोमबार बिहानदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै, अन्य प्रदेशका तराई भूभागहरूमा पनि वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ र अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, सोमबार राति पनि देशभर बदली हुने र ती प्रदेशहरूमै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.