नगर शिक्षा समितिमा PABSON अध्यक्ष राहुल श्रीवास्तवको मनोनयन

121

वीरगञ्ज, पर्सा | आनन्द पटेल —

वीरगञ्ज महानगरपालिकाले नगर शिक्षा समितिमा PABSON वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवलाई सदस्य पदमा मनोनयन गरेको छ। नगर शिक्षा नियमनावली, २०७९ अनुसार नगर कार्यपालिकाको निर्णयबाट श्रीवास्तवलाई एक वर्षका लागि शिक्षा समिति सदस्य मनोनयन गरिएको हो।

राहुल श्रीवास्तवलाई मनोनयनपत्र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले आफ्नै कार्यालयमा बोलाएर औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको छ।

नगर शिक्षा शाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा उल्लेख भए अनुसार, विद्यालय व्यवस्थापन, शैक्षिक समन्वय, गुणस्तर अभिवृद्धि तथा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाउन नयाँ सदस्य मनोनयन गरिएको हो।

राहुल श्रीवास्तव लामो समयदेखि शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन र निजी–सामुदायिक विद्यालयबीच समन्वयमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

उनको सहभागितासँगै महानगरमा शैक्षिक सुधार र कार्यक्रम कार्यान्वयनमा थप गति आउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.