नेपाल आज सुपर सिक्सको दोस्रो खेलमा कतारसँग भिड्दै
काठमाडौं:आइसिसी टी ( २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर सिक्सको दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।
नेपाल र कतारबीचको खेल नेपाली बेलुकाको ८:४५ बजे ओमानस्थित अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा हुनेछ । सुपर सिक्स अन्तर्गतको पहिलो खेलमा युएई विरुद्ध एक रनको रोमाञ्चक जित निकालेको नेपाल अपराजित यात्रा कायम राख्न चाहन्छ।
कतार भने सुपरसिक्स अन्तर्गतको पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। प्रतियोगिता सुरु हुनु अगाडि नेपाल र कतारले वार्म अप खेल खेलेका थिए। जसमा नेपालले कतारलाई १६ रनले हराएको थियो। नेपालले सुपरसिक्स अन्तर्गतको तेस्रो खेल बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।