नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता सम्पन्न

162

२७, वीरगन्ज, आनन्द पटेल

पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबिच नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेको छ ।

ओपिडी टिकटमा ५० प्रतिशत , जेनरल बेड चार्जमा २५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा २५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा २५ प्रतिशत, पयाथोलोजी जाँचमा २५ प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा २५, सिटी स्क्यान तथा एमआरआईमा १५ प्रतिशत , फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रहरी उपरीक्षक गौतम मिश्रले आज हाम्रो प्रहरी साथीहरुको लागि महत्वपूर्ण दिन रहेको बताए । उनले अब हाम्रा यस पर्सा जिल्ला भरिका प्रहरी साथीहरुको मेडिकल कलेजमा उपचार गराउँदा छुट पाउने र आर्थिक भार कम हुनेमा खुशी व्यक्त गरे । साथै उनले यो सेवा कार्यरत प्रहरीले मात्र लिने होइन भूतपूर्व नेपाल प्रहरीका कर्मचारी तथा निजहरूको परीवर्जनहरुलाई समेत उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने बताए ।

यो सेवा पाउनका लागि दुईवटा समुह विभाजन गरिएको छ। समुह “क” र समुह “ख” यसमा बिरामीको अवस्थाहेरी स्वास्थ्य सेवामा छुट दिइने छ।

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित प्रहरी कार्यालयको सिफारिस पेस गर्नुपर्ने छ ।

आज भएको यो सम्झौता पाँच वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक साहनवाज अन्सारीले जानकारी दिए ।

सो अवसरमा अस्पतालका निर्देशक डाक्टर आबिद हुसेन अन्सारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायवउपरीक्षक सुबास भट्ट लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.