न्याय क्षेत्रमाथी गम्भिर प्रश्न खडा, दोषीलाई पक्राउ पुर्जीको आदेश नदिएको आरोप

69

बीरगंज १० साउन । बारा जिल्लामा रहेको अदालतका न्यायमुर्तिका कारण सर्वसाधारण नागरिक अन्यायमा पर्ने गरेको समाचार प्रकाशमा आएकोे छ । पीडितलाई न्याय दिलाउन र पीडकलाई कारवाही गर्न पक्राउ गरि प्रहरीलाई बुझाइएको भएपनि बारा जिल्ला अदालतले पक्राउको आदेश दिन इन्कारी गर्दा पीडित झन बढी पिडित बन्नुको साथ पीडकको मनोबल बढेर गएको समाचार छ ।

घटना बिवरण अनुसार पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर १२ निबासी मनोज कुमार साह नाम गरेका ब्यक्तिले अनेक खालको जालझेल गरि आपराधीक गतिबिधी गर्ने र सर्वसाधारणलाई प्रलोभनमा पारी नक्कली चेक काट्न बाध्य बनाउने, अरुको निजी जिवन माथि समेत खेलबाड गर्ने र समाजीक प्रतिष्ठा हरण गर्न कुनै कसर बाँकी नराख्ने गरेको समाचार छ ।

ती मनोज कुमार साहको नाममा शैलेश ठाकुरले प्रहरीमा जाहेरी दिएका थिए । पछि प्रहरीले दोषी मनोजलाई पक्राउ गरी बारा प्रहरी कार्यालयमा बुझाएको थियो तर अदालतले जरुरी पक्राउ आदेशको समर्थन नगरको हुनाले पीडित निकै ठूलो अन्यायमा परेको समाचार प्राप्त हुन आएको छ । बारा जिल्ला अदालतमा हिजो साउन ९ गते पीडितहरुले कानूनी कारवाहीको माग प्रहरी समक्ष गर्नु र दोषीलाईे पक्राउ गरि बुझाउँदा समेत कारवाही नहुँदा कानून राजको खिल्ल्ली उडेको छ । तर बारा प्रहरीले अदालत समक्ष कारवाहीको लागि पक्राउ आदेश माग गर्न पेश गर्दा यसको समर्थन अदालतले नजनाएको बताइन्छ ।

पक्राऊ लाई यथावत राखी कानूनी कारबाही गर्न आग्रह गरिएको भएपनि माननीय न्यायधीश यज्ञप्रसाद आचार्यले आफ्नो बेञ्चमा नै नबसी छाडन आदेश दिएको आरोप पिडित पक्षधरले लगाएको छ भने दोषी झन हौसिएको बताइन्छ । यसबारेमा आदेश दिने बारा जिल्ला अदालतका माननीय न्यायधीश यज्ञ प्रसाद आचार्यसँग सम्पर्क गर्न खोज्दा सम्भव हुन सकेन । अदालतमा नै नबसी आदेश आउने र दोषीलाई अनुसन्धानको लागि पक्राउ यथवत राख्न मागिएको आदेश दिँदा कानूनी ब्यबधानको बारमा नेपाल सरकारका माहान्याधिबक्ता रमेशचन्द्र बडालसँग सम्पर्क राख्दा आफुले बुझ्ने प्रतिक्रिया दिनुभयो । यस बारेमा मनोज साहसँग मोबाइलमा फोन गर्दा अफ भएकोले सम्बाद हुन सकेन ।,

यस बारेमा जिल्ला सरकारी वकीलको कार्यालय बाराका सह न्याधीबक्ता खड्ग बस्नेतसँग सम्पर्क राख्दा उनले गत असर २० गते नै निज मनोज कुमार साहलाई पक्राउ गर्न आदेश नदिएको हुनाले फेरि पनि हिजो त्यसको समर्थन गर्न मिलेन भनेर आदेश निइएको हो यसमा कनै अन्यथा नभएको कुरा बताउनुभयो । यस बारेम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सन्तोष तामाङ्गसँग सम्पर्क राख्दा उनले पीडितले उपल्लो न्यायलयमा जाने जानकारी आफुलाई दिएकोले अव के हुन्छ हेरौं हामीले अनुसन्धानको लागि ल्याएका नै हौं भन्ने प्रतिक्रिया दिए । अदालतमा करारमा नियुक्ती भएका बिचौलियाको भुमिकामा रहेको भ्रष्ट ब्यक्तीको गलत प्रस्तुतिकरणको कारण न्यायक्षेत्रमाथि प्रश्न चिन्ह खडा भएकोले यस उपर पनि खोजी हुनुपर्ने कुरा पीडित पक्षधरले बताएको छ ।

Leave A Reply

Your email address will not be published.