परवानीपुर गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान आजदेखी सुरु

156

परवानीपुर,बारा आनन्द पटेल
परवानीपुर गाउँपालिकामा हैजाविरुद्धको खोप अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष श्री राम क्षत्री प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत श्री मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख श्री मनिष मिश्र, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा खोप अभियानको शुभारम्भ गरिएको हो।

खोप अभियान अन्तर्गत परवानीपुर गाउँपालिकाका सबै वडामा एकैसाथ खोप वितरण कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्रले जानकारी दिए। उनका अनुसार, “हैजाको जोखिम कम गर्न प्रत्येक नागरिकले खोप अनिवार्य रूपमा लिनु आवश्यक छ। यस अभियानले गाउँपालिकालाई हैजा–मुक्त बनाउन सहयोग गर्नेछ,” मिश्राले बताए।

गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद कुर्मीले भने, “हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छौं। कुनै पनि महामारी फैलिन नदिन खोप कार्यक्रम अत्यन्तै आवश्यक छ, त्यसैले सबै वडामा यो अभियान प्रभावकारी रूपमा सञ्चालन हुनेछ,” भन्दै स्थानीयवासीलाई खोप लगाउन आग्रह गरे।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले खोप अभियान सफल पार्न गाउँपालिकाको सम्पूर्ण संरचना परिचालन गरिएको बताए। “हामी सबै नागरिकसम्म यो सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्छौं,” रौनियारले भने।

हैजाको संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय तह, स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय निकायहरूको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले गाउँपालिकाका सर्वसाधारणलाई हैजाबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.