पर्सामा जनमत पार्टीको सक्रियता : टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन तीव्र

20

वीरगञ्ज । जनमत पार्टी पर्साले जिल्लाभर ‘जेन्जी जनमत संघ’ गठनलाई तीव्रता दिएको छ। पार्टीले विभिन्न गाउँपालिका, टोल र वडास्तरमा संगठन विस्तार गर्दै असोज ३० गतेसम्म व्यापक रुपमा गठन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

जनमत पार्टी पर्साको युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगञ्ज महानगरपालिकाका ६ वटा वडा र ग्रामीण क्षेत्रका ७ वटा वडामा ‘जेन्जी जनमत संघ’ गठन भइसकेको छ। उनका अनुसार कार्तिक महिनाभित्र सबै वडामा संघ तथा युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

त्यसैगरी, वडा स्तरीय ‘जेन्जी मतदाता दर्ता अभियान’ पनि तीव्र रूपमा अघि बढाइएको जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताएका छन्। उनले वीरगञ्ज महानगरपालिका सहित पर्साका सात वटा स्थानीय तहमा मतदाता दर्ता अभियान सञ्चालन भइरहेको जानकारी दिए।

प्रदेश सदस्य बृजेश्वर चौधरीका अनुसार जगरनाथपुर गाउँपालिका लगायत अन्य ग्रामीण पालिकामा ‘जेन्जी मतदाता दर्ता अभियान’मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

Leave A Reply

Your email address will not be published.