पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि

7

पर्सामा चालु आव ०८१÷०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्सामा उत्पादीत धानले यहाँको मागलाई पुरा गरेर पनि मौज्दात रहने केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताए । उनले भने, ‘हामीसँग जिल्लाभर यति नै धानको डिमाण्ड छ भन्ने यकिन डाटा त हुदैँन ।

तर पनि सहकारी तथा मिलहरुबाट आएको तथ्यांकलाई विश्लेषण गर्दा यो उत्पादनले जिल्लाभरको मागलाई धान्छ । अझ यो बाहिर नजाने हो र यहाँ मात्र पु¥याउने हो भने अझै ‘स्टक’मा रहने उनले बताए ।’

गत वर्षको तुलनामा जिल्लामा यो वर्ष १९ हजार ८३ मेट्रिक टन धान बढी उत्पादन भएको हो । गत वर्ष १ लाख ८२ हजार १ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष यहाँ ४७ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो।

यो वर्ष बर्खे र चैत धान गरि २ लाख २ हजार २ हजार १ सय ३० मेट्रिक धान उत्पादन भएको हो । यो वर्ष चैते धान १ लाख ९० हजार मेट्रिक टन उत्पादन भएको र १ लाख ८३ हजार ७२ मेट्रिक टन बर्खे धान उतपदन भएको केन्द्रका सूचना अधिकारी थापाले जनाए ।

Leave A Reply

Your email address will not be published.