पर्सा क्षेत्र नं. २ मा सन्तोष पटेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै

139

पर्सा, फागुन ०८ — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २८ दरदर्वा तथा पर्सागढी नगरपालिका का मनवा बजार, गुलरिया, छतिवन ताडी, बाग्वाना, खेखरीया र झग्दी क्षेत्रमा घरदैलो तथा जनजागरण अभियान तीव्र पारिएको छ। अभियानसँगै उम्मेदवार सन्तोष पटेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको स्थानीयवासीहरूको भनाइ छ।

घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै पटेलले विकास, सुशासन र समृद्धिको स्पष्ट एजेण्डा अघि सारेका छन्। युवाहरू, महिला तथा विद्यार्थीलाई सम्मान, किसानलाई उच्च प्राथमिकता, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना, खेलकुद प्रवर्द्धन, मेडिकल कलेज स्थापना तथा क्रिकेट स्टेडियम निर्माणलगायतका योजनाले मतदातामा उत्साह थपेको देखिएको छ।

अभियानका क्रममा गुलरियास्थित श्री खसियाही गढी माई मन्दिर मा सामूहिक रूपमा पूजापाठसमेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले क्षेत्रीय विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा “एक भोट राष्ट्रका लागि, हर हर कमल घर घर कमल” नारासहित परिवर्तनको पक्षमा समर्थन जनाएका थिए।

स्थानीय अगुवाहरूले सन्तोष पटेलको सक्रियता, सरल स्वभाव र विकासमुखी दृष्टिकोणका कारण क्षेत्र नं. २ मा उनको जनसमर्थन उल्लेखनीय रूपमा बढिरहेको बताएका छन्। समग्र क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि दृढ प्रतिबद्धतासहित अघि बढेका पटेलले मतदातासँग निरन्तर भेटघाटलाई प्राथमिकता दिएका छन्।

Leave A Reply

Your email address will not be published.