प्रधानमन्त्री कप २०२६: लुम्बिनी ५० रनले विजयी, रञ्जीत खड्काको सानदार सतक

47

वीरगञ्ज, पर्सा आनन्द पटेल– प्रधानमन्त्री कप (PM Cup) २०२६ अन्तर्गत टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ।

आइतबार टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित ४९.५ ओभरमा १० विकेट गुमाउँदै २५६ रन बनाएको थियो। लुम्बिनीका लागि रञ्जीत खत्री खड्काले उत्कृष्ट प्रदर्शन गर्दै १२८ रनको शतकीय पारी खेले। उनले १२८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याएका थिए। यस्तै आकाश त्रिपाठीले ३६ रनको योगदान दिएका थिए।

बलिङतर्फ नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले ३ विकेट लिँदा दिनेश खरेलले २ विकेट लिए।

२५७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब ४२.५ ओभरमा सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो। पुलिसका लागि दिनेश खरेलले ९१ रन र शरवान यादवले ३६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने देव खनालले ३ विकेट लिए।

शानदार शतकसहित टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका रञ्जीत खत्री खड्का ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले प्लेयर अफ दि म्याचले सम्मानित गरे ।

Leave A Reply

Your email address will not be published.