बाढी प्रभावित क्षेत्र अवलोकन गर्न अर्थमन्त्री पौडेल रसुवा जाँदै

31

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् ।

अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।

हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।

चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्‍याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए ।

गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । गृह स्रोतका अनुसार, राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।

सोही कार्यक्रमका लागि गृहमन्त्री रमेश लेखक पनि धुलिखेल पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.