बिहार विधानसभा चुनाव : प्रारम्भिक मतगणनामा एनडीए मजबुत, महागठबन्धन पछि

46

२८ कात्तिक, काठमाडौं — बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानैदेखि सुरु भएको छ। २४३ सिटका लागि भएको मतदानको प्रारम्भिक नतिजाले राज्यमा पुनः नीतीश कुमार नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स ९एनडीए० बलियो हुँदै गएको संकेत दिएको छ।

सर्वेक्षणका सबै २४३ सिटका प्रारम्भिक रुझान सार्वजनिक भइसकेका छन्, जस अनुसार एनडीए १६० सिटमा अगाडि देखिएको छ। एनडीएमा जनता दल युनाइटेड ं(जदयुं) भारतीय जनता पार्टी (भाजपा) लोजपा लगायत दलहरू छन्।

त्यस्तै विपक्षी तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सिटमा अगाडि छ। महागठबन्धनमा राष्ट्रिय जनता दल (राजेडी) कांग्रेस, सीपीआई (एमएल) लगायतका दलहरू सामेल छन्। यी प्रारम्भिक नतिजाले जदयु र भाजपा दुवै ठूलो दल बन्ने दौडमा नजिक–नजिक प्रतिस्पर्धामा रहेको देखाउँछन्।

सरकार बनाउन आवश्यक सिट बिहारमा बहुमतको सरकार बनाउन १२२ सिट आवश्यक हुन्छ। हालको रुझानले एनडीएले सहजै बहुमत पार गर्नसक्ने संकेत गरिरहेको छ।

अघिल्लो निर्वाचनको स्मरण गत निर्वाचनमा राजद ७४ सिटसहित सबै भन्दा ठूलो दल बनेको थियो भने भाजपा दोस्रो स्थानमा थियो। यसपटक भने रुझानले सत्ता समीकरण फेरिने सम्भावना प्रष्ट संकेत गरेको छ।

रेकर्ड मतदान

यस वर्ष बिहारमा ६७ प्रतिशत मतदान भएको थियो, जुन राज्यको हालसम्मकै उच्च सहभागिता मानिन्छ। उच्च मतदानसँगै प्रतिस्पर्धा कडा हुने अपेक्षा गरिए पनि हालसम्म एनडीएले स्पष्ट बढत कायम राखेको छ।

Leave A Reply

Your email address will not be published.