बीरगंजमा भन्सार एजेन्टहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
बीरगंज, असार २२
अर्थ मन्त्रालय र भन्सार विभागको संयुक्त आयोजनामा बीरगंजस्थित होटल क्लार्कमा भन्सार एजेन्टहरूको क्षमता अभिवृद्धिसम्बन्धी एकदिवसीय तालिम सम्पन्न भएको छ।
तालिमको उद्घाटन बीरगंज भन्सार कार्यालयका प्रशासक प्रमुख दीपक लामिछानेले गर्नुभयो। कार्यक्रममा भन्सार प्रमुख राजेन्द्र ढुंगाना, धनबहादुर बडुवाल, भन्सार विभागका निर्देशक किशोर बर्तौला, बीरगंज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङ र संस्थापक अध्यक्ष उमेश शर्माको समेत उपस्थिति रहेको थियो।
प्रशिक्षकद्वय अमित तिवारी, माधव भण्डारी र अरुण पौडेलले तालिममार्फत पेशागत सीपलाई आधुनिक प्रणाली अनुसार ढाल्दै वस्तुगत वर्गीकरण, दरबन्दी निर्धारण, मूल्यांकन, तथा भन्सार जाँचपास प्रक्रियामा सूचना प्रविधिको प्रयोगबारे महत्वपूर्ण जानकारी दिएका थिए।
तालिममा भन्सार एजेन्ट तथा व्यापारी प्रतिनिधि गरी कुल ४० जनाको सहभागिता रहेको थियो।
्