ब्राइट +२ कलेजको आयोजनामा कक्षा १२ को विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न

138

२३ जेठ, वीरगञ्ज, आनन्द पटेल

ब्राईट + २ कलेजले वीरगंजको टाउन हलमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमको सम्पन्न गरेको छ।

वीरगञ्जको टाउन हलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी साहय मीणाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्चस्तरीय शिक्षाका लागि योजना बनाउँदै अगाडि बढ्न प्रेरणा दिए। विद्यार्थीहरूले आफ्नो परिवार, समाज र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउनु पर्नेमा जोड दिदै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले अबको यात्रामा सही लक्ष्य निर्धारण गरी सफलताको शिखर चुम्न सक्ने बताए । साथै उनले अनुशासित भएर समाजमा राम्रै काम गर्न पनि विद्यार्थीहरुलाई सुझाव दिए ।

 

 

कार्यक्रम कलेजका सञ्चालक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमममा चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाका अध्यक्ष सुर्य सुभ्चिन्तकले अबको यात्रा भविष्य बनाउने महत्त्वपूर्ण समय भएकोले अझ लगनशीलताका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिए । सो अवसरमा सञ्चारकर्मी आनन्द पटेल, मानवसेवा आश्रमका देवेश मानवसेवा, समीना रंजितकार, रश्मिराज भण्डारी, दिपु बर्नवाल, श्याम सराफ , कलेजका शिक्षक, शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.