मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि वीरगञ्जमा समन्वयात्मक बैठक सम्पन्न

59

वीरगञ्ज, साउन १६ –
मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि Cross-Border Coordination Meeting on Controlling Human Trafficking  समन्वय बैठक शुक्रबार वीरगञ्जको होटल दियालोमा सम्पन्न भएको छ।

आफन्त नेपाल, जावलाखेल, ललितपुरको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको सहकार्यमा सम्पन्न कार्यक्रममा मानव बेचबिखन नियन्त्रण तथा लैङ्गिक हिंसाविरुद्ध सीमा क्षेत्रमा कार्यरत सरोकारवालाबीच समन्वय र सहकार्य कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको थियो।

बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले विशेषगरी मानव बेचबिखनको रोकथाम, पीडितको उद्धार तथा पुनःस्थापनाका लागि कार्यरत निकायहरूबीच थप समन्वय, सूचनाको आदानप्रदान र संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Campaign to End Human Trafficking & Gender-Based Violence’  नारासहितको कार्यक्रममा सीमावर्ती क्षेत्रमा भइरहेको अवैध मानव ओसारपसार रोक्न सशक्त कदम चाल्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

कार्यक्रमका वक्ताहरूले पीडितहरूको न्याय सुनिश्चित गर्न कानुनी कार्यान्वयनमा तीव्रता ल्याउनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रम र बैठकहरू निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रम जिल्ला समन्वय समिति, पर्साका प्रमुख निरन्जन साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने बैठक प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा एसपी गौतम मिश्रलगायतका वक्ताहरूले सीमा क्षेत्रमा भइरहेको मानव बेचबिखनविरुद्धको संघर्षमा यस्ता छलफल र समन्वयात्मक बैठकहरू अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.