युवा संघ नेपालको मधेस प्रदेश बैठक सम्पन्न, सर्लाहीमा असोज २५ गते प्रदेश भेला

4

बर्दिवास, भदौ — युवा संघ नेपालको मधेस प्रदेशस्तरीय बैठक बर्दिवास स्थित चिया चौतारी होटलमा सम्पन्न भएको छ। बैठकले आगामी असोज २५ गते सर्लाहीमा प्रदेश भेला गर्ने निर्णय गरेको छ।

बैठकका प्रमुख अतिथि पार्टीका उप–महासचिव तथा मधेस प्रदेश इन्चार्ज अनिल पटेल रहेका थिए। कार्यक्रममा केन्द्रिय सचिव माधवप्रसाद यादवले अध्यक्षता गरेका थिए भने अनुशासन आयोग प्रमुख शैलेन्द्र यादव र लेखा उपप्रमुख भोजराज हुमागाई विशिष्ट अतिथि रहेका थिए।

बैठकमा बोल्ने वक्ताहरुले संगठनभित्र सक्रिय युवाहरुलाई पाखा लगाउने कार्य तत्कालीन पदाधिकारीबाट भएको भन्दै त्यसको परिणामस्वरूप संघले संजिप राईको नेतृत्वमा सबै सक्रिय तथा पुराना युवाहरुलाई समेटेर नयाँ केन्द्रीय कमिटी निर्माण गरेको बताए।

यसैबीच, संघका केन्द्रीय सदस्य दिपेश अधिकारी दुर्घटनामा परेकाले उहाँको स्वास्थ्यलाभको कामना गर्ने निर्णय समेत बैठकले गरेको छ। बैठकमा केन्द्रीय कमिटीका राज श्रीवास्तव, सन्दीप पटेल लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.