राष्ट्र, धर्म र विकासको एजेन्डासहित वीरगञ्ज–२७ मा सन्तोष पटेलको सशक्त घरदैलो

41

, २३ माघ ।

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ कुँहडीमा आज नेपाल जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

‘एक भोट राष्ट्रका लागि’, ‘राष्ट्रिय एकता’, ‘हर–हर कमल, घर–घर कमल’ नाराका साथ सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार पटेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। कार्यक्रममा युवाहरू, महिलाहरू तथा विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना लगायतका विषयलाई प्राथमिकतामा राखिएको थियो।

उम्मेदवार पटेलले भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा, स्वास्थ्य, सुशासन, विकास र सुरक्षा, स्वाभिमानको रक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन तथा रोजगारी सिर्जनामार्फत क्षेत्रको समृद्धि आफ्नो मुख्य लक्ष्य रहेको बताए। साथै उनले विगतदेखि नै हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न जनताको साथ, सहयोग र आशीर्वाद आवश्यक रहेको धारणा व्यक्त गरे।

घरदैलो क्रममा स्थानीय मतदाताले आफ्ना समस्या, सुझाव र अपेक्षा राखेका थिए भने उम्मेदवार पटेलले जनताको विश्वासलाई जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.