राैतहटका पत्रकार प्रजापतिकाे झुन्डिएर मृत्यु

85

रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका(५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार उनी मृत भेटिएको सूचना प्रहरीले बेलुका ९ बजे प्राप्त गरेको थियो।

प्रहरी पुग्दा रवीन्द्र झुन्डिएको डोरी फुकाएर प्रहरीले गौरस्थित ग्रान्डी अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो

प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.