रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको अध्यक्षमा संजय जोशी चयन, ६ जना डाक्टर सहित नयाँ सदस्यको प्रवेश

56

बीरगंज, साउन १८ –
रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको ३२ औं पद हस्तान्तरण समारोह स्थानीय होटल पुजनमा भव्य रूपमा सम्पन्न भएको छ। २०२५र२०२६ कार्यकालका लागि समाजसेवी संजय जोशी क्लबको नयाँ अध्यक्षमा चयन भएका छन्। कार्यक्रममा डिष्टि गर्भनर नोमिनी डा। ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा संजय जोशीको अध्यक्षतामा पद हस्तान्तरण सम्पन्न भयो।

नयाँ नेतृत्वसँगै क्लबमा नारायणी अस्पतालका निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा। चित्ररञ्जन साह, डा। कमलेश दन्त, डा। उदयनारायण सिंह, डा। निरज सिंह, डा। चन्दन बनर्जी, र डा। मनोज कुमार उपाध्याय सहित ६ जना डाक्टरले सदस्यता लिएका छन्।

कार्यक्रममा एजी धनबहादुर श्रेष्ठ, एजी रामप्रसाद शर्मा, जोइन्ट सेक्रेटरी रेवन भट्टराई, वरिष्ठ पत्रकार जगदीश शर्मा लगायतको विशेष उपस्थिति थियो। संजय जोशीको नेतृत्वमा २२ सदस्यीय बोर्ड अफ डाइरेक्टर गठन गरिएको छ, जसमा डाक्टर, इञ्जिनियर तथा सामाजिक अभियन्ताहरू समावेश छन्।

अध्यक्ष जोशीले बीरगंज र पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, र मानवसेवा जस्ता क्षेत्रमा क्रियाशील भई सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता जनाएका छन्। कार्यक्रमको सहजीकरण रिसु अग्रवाल र बिना प्रजापतिले गरेका थिए।

Leave A Reply

Your email address will not be published.