वातावरण संरक्षणको पहलस्वरूप एमाले नेता विचारी यादवको अगुवाइमा हरियाली अभियान
वीरगंज–२३ प्रसौनी बिर्तामा शनिबार निःशुल्क बिरुवा वितरण गरिएको छ। डिभिजन वन कार्यालय पर्सा र सवैया साझेदारी सब डिभिजन कार्यालयले उपलब्ध गराएको करिब १० हजार बिरुवा वितरण गरिएको हो।
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष तथा संविधान सभाका पूर्व सदस्य विचारी यादवको पहलमा, सवैया सब डिभिजनका पूर्व अध्यक्ष लखनलाल साहको सहयोगमा सिसौ, साल, सपेता र आम्ला प्रजातिका बिरुवाहरू स्थानीय बासिन्दालाई प्रदान गरिएको थियो।
वातावरण संरक्षण र हरियाली बनाउन निशुल्क बिरुवा बितरण कोसेढुगां साबित हुने यादवले बताए । “निःशुल्क बिरुवा वितरणबाट वातावरण हराभरा बनाउने हाम्रो प्रयास हो,” उनले भने।
उक्त अभियानले स्थानीय स्तरमा हरित विकासमा टेवा पुर्याउने विश्वास लिएको यादवले बताए ।