वीरगंजमा एक हप्ते ‘ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

68

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा आयोजित एक हप्ते ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ आज भव्य समारोहका बीच सम्पन्न भएको छ।

‘सुरक्षित यात्राका लागि जनचेतना अनिवार्य’ भन्ने मूल सन्देशका साथ सम्पन्न यस सप्ताहव्यापी कार्यक्रमले सडकमा अनुशासन र सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

वीरगंजका मेयर राजेशमान सिंहले सडकमा भइरहेका दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहले जनचेतना जगाउन गरेको कार्य प्रशंसनीय रहेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन महानगरपालिकाले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर ईम्तयाज आलम,श्री जंग गण वीरगन्जका प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतम, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सशस्त्र प्रहरी बल १३ नं। गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.