वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

30

वीरगंज, २ जेठ ।
नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार संघ नेपाल, पर्साको संयुक्त संयोजनमा विशेष प्रदर्शनी सम्पन्न भएको हो ।

सुबिना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र देवी खड्काको जीवनकथामा आधारित छ । जो एक आमासँगै माओवादी युद्धमा होमिएकी एक पूर्व लडाकु, राजनीतिज्ञ तथा यौन हिंसा पीडित पनि हुन् । द्वन्द्वपछिको नेपालमा शक्तिशाली निकायहरूले यौन हिंसाका मुद्दाहरूलाई दबाउने प्रयास गरिरहेको अवस्थामा देवीले ती अनुभवहरू उजागर गर्दै न्यायको खोजीमा यात्रा सुरु गरेको भन्दै विशेष प्रदर्शनी पछि वक्ताहरुले सम्बोधनमा उनको आँटको सह्राना गरे ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अंसारी, नारायणी अस्पताल अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० की इञ्चार्ज हेमा थापा, महिला उद्यमी तथा समाजसेवी गुड्डी जोशी, महिला अधिकारकर्मी डा। सुष्मा तिवारी द्विवेदी, वीरगंज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतले वृत्तचित्रका बारेमा आफ्नो धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.