वीरगंज जेसीजले आगामी जेठ ३ गते शनिबारका दिन निःशुल्क दन्त स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने
जेठ, १ वीरगंज
समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा सक्रिय संस्था वीरगंज जेसीजले आगामी जेठ ३ गते, शनिबार १७ मे २०२५ को दिन निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ।
वीरगञ्जको अमर चोक स्थित समाज सेवा समितिको भवनमा बिहान ७ बजे देखि १० बजेसम्म सञ्चालन हुने उक्त शिविरमा अनुभवी तथा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेलले सेवा प्रदान गर्ने छन ।
शिविरको उद्देश्य जनसमुदायमा मौखिक तथा दन्त स्वास्थ्य प्रति चेतना फैलाउनुका साथै समयमै रोगको पहिचान गरी दीर्घकालीन समस्या हुनबाट जोगाउनु रहेको आयोजक संस्थाले जनाएको छ।
बिरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले भने, ूस्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि हो। जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने आशयले हामीले यो शिविर आयोजना गरेका गर्न गईरहेका छौ । सर्वसाधारणले सहजै विशेषज्ञ चिकित्सकको सेवा लिन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।
दन्त रोगहरू प्रारम्भिक चरणमै थाहा नपाई जटिल समस्या निम्त्याउने खतरा हुने भएकाले यस्तो शिविरमा सहभागिता जनाउनु स्वास्थ्यका लागि महत्वपूर्ण कदम हुन सक्ने विज्ञहरूको सुझाव छ।
शिविरमा सहभागी हुने इच्छुक सबैलाई समयमै उपस्थित भइ निःशुल्क सेवा प्राप्त गर्न आयोजकले अनुरोध गरेको छ। साथै, आफन्त, छिमेकी तथा साथीहरूलाई पनि जानकारी गराई सहभागी गराउन समेत आह्वान गरिएको छ।
यस किसिमको सामाजिक उत्तरदायित्व मूलक कार्यले जनमानसमा स्वास्थ्यप्रति जागरूकता फैलाउने विश्वास लिइएको छ।