वीरगञ्ज महानगरको आमसञ्चार समितिमा शत्रुघ्न नेपाल संयोजक नियुक्त

48

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्।

महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई औपचारिक रूपमा उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका नेपालको अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उनलाई संयोजकको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीचको समन्वय सुदृढ बनाउने, सूचना प्रवाहलाई प्रभावकारी बनाउने तथा आमसञ्चार क्षेत्रको प्रवर्द्धन र नियमनसँग सम्बन्धित विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।

आमसञ्चार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन अनुभवी तथा सबै सरोकारवालासँग समन्वय गर्न सक्ने व्यक्तिको आवश्यकता रहेको भन्दै महानगरले शत्रुघ्न नेपाललाई उक्त पदमा चयन गरिएको स्पष्ट पारेको छ।

Leave A Reply

Your email address will not be published.