वीरगञ्ज महानगरपालिकामा रहेको अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न सरोकारवालाहरूको महत्त्वपूर्ण निर्णय

56

वीरगञ्ज । वीरगञ्जमा विधुतका पोलहरूमा बारम्बार आगलागी हुने तथा माकुराको जाल जस्तै अल्झिएको इन्टरनेट तारको अव्यवस्थाका विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विधुतका पोलहरूमा हुने आगलागीका घटनाहरू र त्यसको प्रमुख कारणबारे गम्भीर छलफल गरिएको थियो। वीरगञ्जका विभिन्न स्थानमा पछिल्लो समय विधुतका पोलमा आगलागीका घटना बढ्दै गएका छन्। यस समस्याको समाधानका लागि आज महत्वपुणं बैठकबसी समस्या समाधान गर्न खोज्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूले आ–आफ्नो धारणा राखेका थिए।

छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रा, शसस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल टेलिकमका प्रतिनिधि , ग्रीन सिटी इन्टरनेट सेवा प्रदायकका प्रकाश खेतान, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख उमेश दुबे, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, निजी इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्युत पोलमा भएका अव्यवस्थित इन्टरनेट तथा केबुल तारहरूको कारण सर्ट भई आगलागी हुने, त्यसबाट जनधनको जोखिम बढ्ने, र शहरको सौन्दर्यमा असर पर्ने विषयमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए । साथै, समस्याको दीर्घकालीन समाधानका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, नेपाल विद्युत प्राधिकरण, महानगरपालिका र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

बैठमले तारहरुलाई व्यवस्थित गर्न विभिन्न निर्णयहरू गरेको छ ।

सबै सेवा प्रदायक कम्पनीहरूले आ(आफ्नो कम्पनीको तारहरू यकिन गर्ने, अनिवार्य रूपमा त्बन लगाउने, पुरानो तार हटाई नयाँ तार लगाउने, आ(आफ्नो तारको संख्या यकिन गरी पेश गर्ने। तार हटाउँदा पहिले नयाँ तारबाट सेवा शुरू भएपछि मात्र पुराना तारहरूको व्यवस्थापन गर्ने, यो कार्यको सुरुवात वीरगञ्ज महानगरपालिकाबाट गर्ने, आगामी १५ दिन भित्र महानगरपालिका क्षेत्रभित्रका सबै भ्रमणगरी तार व्यवस्थापन गरी सक्ने ।

यस कार्यको अनुगमनगरि प्रत्येक हप्ताको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने । तोकिएको समयसिमाभित्र उल्लेखित कार्य नगर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने । आदि निणंहरु भएका छन ।

कार्यक्रमले विद्यमान समस्या समाधान गर्न यथाशीघ्र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याएको छ। सहभागी सबै पक्षले नियमित समन्वय र सहकार्य गरेर सुरक्षित, व्यवस्थित र सुन्दर शहर निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.