सञ्जु साहको अध्यक्षतामा कार्यकर्ता भेटघाट सम्पन्न , नेताहरूको स्पष्ट सन्देश – जनतासँगै अघि बढ्ने
असार २४ परवानीपुर, बारा
बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ नौतन बहुअरीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। क्षेत्रीय कमिटी बारा ४ को आयोजनामा सम्पन्न कार्यक्रममा सयौको संख्यामा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष युवा नेता सञ्जु साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, नेता आत्माराम साह, रामचन्द्र सिंह, महिला नेतृहरू, यूवा नेता र पार्टीका अन्य स्थानीय अगुवाहरू सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले भने, “जनताको अधिकार, सामाजिक न्याय र संघीयताको रक्षाका लागि जसपा निरन्तर लडिरहेको छ। अबको राजनीति देश र जनताको हितमा हुनुपर्छ, सत्ता स्वार्थमा होइन। युवाहरूको आकर्षण हाम्रो पार्टीप्रति बढ्दै जानु सुखद संकेत हो।” साथै उनले सक्रिय रुपमा पार्टीको कामहरु अगाडी बढाउन र पाटीको मुद्धालाई जनजनमा पुयाँउन आग्रह गरे ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री सरोज यादवले भने, “हामीले मधेस आन्दोलनबाट पाएको अधिकारलाई रक्षा गर्न अझै सचेत र संगठित बन्नु आवश्यक छ। पार्टीमा युवाहरूको सहभागिता, प्रतिबद्धता र उत्साहले हामी अझ बलियो बनिरहेका छौं।” यसैगरी जिल्ला नेता आत्माराम साहले भने, “हामी जनताको बीचमा जानुपर्छ, उनीहरूको समस्यालाई आफ्नो बनाउनु पर्छ। सञ्जु जस्ता युवाको नेतृत्वमा पार्टी अझ विस्तार हुनेछ भन्नेमा म विश्वस्त छु।”
कार्यक्रमका अध्यक्षता समेत गरेका युवा नेता सञ्जु साहले कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्ने सबै पार्टीका नेता, कार्यकर्तालाई धन्यबाद भन्दै “मैले राजनीतिलाई सेवा सम्झेर सुरु गरेको हुँ। गाउँगाउँमा जनताको आवाज सुन्दै, उनीहरूको भरोसा जित्दै अघि बढिरहेको छु। पार्टीप्रतिको विश्वास बढ्दो छ, र म जिम्मेवारी पूर्वक काम गरिरहेछु।”
कार्यक्रममा सरोज यादव, उमेश साह, कृष्ण साह, सन्दिप यादव, पानमती देवी लगायतका स्थानीय नेताहरूले व्यवस्थापनमा सहयोग गरेका थिए।
कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, कार्यकर्ताको गुनासो, आगामी निर्वाचनको रणनीति लगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमले जनता समाजवादी पार्टीको जनस्तरमा लोकप्रियता झनै मजबुत भएको संकेत दिएको छ ।