साउथ जोन मावि प्रदेशमा चम्कियो, सरोज चौधरीको नेतृत्वमा विद्याको उल्लेखनीय उपलब्धि

39

वीरगञ्ज । मधेश प्रदेश स्तरीय Drawing & Coloring प्रतियोगिता मा सहभागी भई साउथ जोन माध्यमिक विद्यालयकी कक्षा–३ मा अध्ययनरत छात्रा विद्या पटेल ले उल्लेखनीय सफलता हासिल गरेकी छन्। चन्द्रपुरमा सम्पन्न उक्त प्रतियोगितामा उनले Consolation Position प्राप्त गर्दै रु. ५,००० नगद पुरस्कार जित्न सफल भएकी हुन्।

सानै उमेरमै देखाएको विद्याको सिर्जनशीलता, कलात्मक सोच र मेहनत ले निर्णायक मण्डलको ध्यान आकर्षित गर्न सफल भएको विद्यालयले जनाएको छ। प्रदेशस्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले विद्यालय मात्र नभई समग्र क्षेत्रको नाम उजागर गरेकी छन्।

विद्याको यस सफलताप्रति साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा डाइरेक्टर सरोज चौधरी ले खुशी व्यक्त गर्दै विद्यालय प्रतिभावान विद्यार्थी उत्पादन गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभयो। उहाँले भन्नुभयो,

“विद्याको उपलब्धिले विद्यालयको शैक्षिक तथा सिर्जनात्मक पहिचानलाई थप मजबुत बनाएको छ। विद्यार्थीहरूको प्रतिभा उजागर हुनु नै हाम्रो शिक्षा प्रणालीको सफलता हो।”

विद्यालय परिवारले विद्यालाई आगामी दिनमा पनि कला तथा सिर्जनशीलताको क्षेत्रमा अझ उच्च उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्दै, यस्ता प्रतिभालाई प्रोत्साहन गर्न निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएको छ।

विद्या पटेलको यो सफलता अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ भने साउथ जोन माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिँदै आएको प्रमाणित भएको छ।

Leave A Reply

Your email address will not be published.