२०८४ को चुनाव दोब्बर मतले जित्छु : यूवा नेता अकलेश साह

150

पर्सा – बिरगंज नेकपा एमाले निकट जनसङठन अखिल नेपाल पिछ्डा वर्गका ओबिसी महासंघका केन्द्रिय उपाध्यक्ष र मधेस प्रदेश को इन्चार्ज अकलेश कुमार साहले आफु २०८४ सालको स्थानिय निर्वाचनमा दोब्बर मतले विजयी हुने बताएका छन । उनले नयाँ संविधान जारी भएसँगै देशका सामु अवशरहरुका साथै नयाँ नयाँ चुनौतीहरु पनि थपिएकोले गतिशील र निर्णय क्षमता भएको नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै आएका छन् ।

उनले भने– राष्ट्रियता, लोकतन्त्र, समाजवाद र शान्तिका साथै देशका सामु थपिदै गएका तथा अझ थपिने क्रममा रहेका चुनौतीहरुको सामना गर्नसक्ने र नेकपा एमालेको सिद्धान्तलाई पनि आगामी दिनमा समय सापेक्षा परिमार्जित गर्दै लानसक्ने नेतृत्वको खाचो रहेको उनको भनाई छ।

एमाले दशेको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल भएको र निरंकुश राणशासनका साथै पञ्चायती व्यवस्था एवम् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका विरुद्धका सबै आन्दोलनहरुको पनि अगुवाई गरेकोले यसको राष्ट्रका सामु देखा परेको आगामी चुनौती पनि एमालेकै नेतृत्वमा समाधान हुने बताउछन।

पकाहामैनपुर गाउँपालिकामा दुईटा स्थानीय चुनाब सकिन लाग्दै छ तर बिकास भने शुन्य देखिन्छ । बिकाश को नाम मा लुटतन्त्र मनाउदै आएको पनि बताउनु हुन्छ। ५ वडा वार्ड भएको पकाहामैनपुर पहिले जस्तो अहिले तेस्तै भन्दा फरक नपर्ला‘।। । शैक्षिकमा, स्वास्थमा, बाटो घाटोमा केही परिवर्तन देखिएन स्कुलको अवस्था हेर्दा आँखा बाट आँसु नै आउने अवस्था छ बताउनु हुन्छ।

साह अहिले नजित्तै गर्दा पनि गाउँ मा बजेट ल्याएर बाटो ढलान गरेर जनता सामु आफू स्थापित हुन कैयौ कामहरु गरिरहेका छन । २०७० साल देखि आँखा शिवीर, ब्लड डोनेसन, कम्मल बितरण, राहत बितरण, स्वास्थ शिविर, महिलालाई प्याड बितरण, बिपन्न परिवार को छोरी को बिवाहामा खाध्य सामान पनि बितरण गरेर आफुले आफुलाई स्थापित गरिसकेकै छन ।

आफूले पनि २०८४ को चुनाबमा पकाहामैनपुरगाउँपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणागर्दै देशका समग्र समस्याको समाधान एवम् आफ्नै नेतृत्वमा जारी मात्र भएको संविधानको सशक्त कार्यान्वयन गरी देशलाई सबैको सहभागिता र चाहनाबमोजिम मात्र संघीयताको मोडलमा लैजानका लागि पनि देशले नेकपा एमाले कुरिरहेको बताए।

नेकपा एमाले नेतृत्वमा देशमा संविधान सभाबाटै लेखिएको संविधान जारी भएको छ र संविधान पछि नाना, खाना र छाना सबै प्राप्त हुन्छ भनिएकोमा संविधान जारी भएपछि झन्ठूला समस्याहरुको जन्म भएकोले अबको नेतृत्वले ती सबै समस्याको समाधान गरी पार्टीलाई मात्र नभई देशलाई नै नेतृत्व प्रदान गर्न सक्नुपर्ने उनको धारणा छ।

नेकपा एमालेको इतिहासमा नै आगामी समयमा सबैभन्दा धेरै युवाहरुको प्रतिनिधित्व भएको र उनीहरु नयाँ आशा र अपेक्षाबाट मुल पार्टीमा सक्रिय रुपमा समाहित हुन पुगेकोले उनीहरुको चाहना र सोँच बमोजिम पार्टीले नयाँपन दिन सक्नुपर्नेमा पार्टी नेतृत्व अत्यन्तै सजग र सतर्क हुनुपर्ने उनले बताए।

युवा बर्गको प्रतिनिधित्व पनि पार्टीप्रतिको आकर्षण हो र पार्टीमा उनीहरुको सक्रिय सहभागिताले नेकपा एमाले जस्तो देशका समग्र प्रजातान्त्रिक आन्दोलनहरुकै अगुवाई गरी आएको पार्टीमा नयाँ बिचार र एजेण्डाको स्थापना हुने अपेक्षा गरिएको उनले बताए।

गएका कैयौँ वर्षदेखि नेकपा एमालेका भातृ एवम् सुभेच्छुक संगठनहरुको अधिवेशनहरुको आयोजना गरी युवा तथा विद्यार्थीको नेतृत्व विकासजस्ता कार्यमा मुलुकको ठूलो प्रजातान्त्रिक पार्टी अग्रसर हुन नसक्नुले देशमा सयौँ युवाहरु नेतृत्व क्षमता र शीपको विकास गर्नबाट पछि परेकाले पार्टीमा बिचार शुन्यताको अवस्था देखा परेको उनको भनाई छ। त्यसैले अबको नेतृत्वले पार्टीमा नयाँ बिचारको सञ्चार गर्न सक्नुपर्नेमा उनले जोड दिए।

युवा नेता अकलेस साहले आफूले पार्टीको स्थानीय सरकार को चुनावमा नेतृत्व गर्न पाएमा नेकपा एमालेलाई नयाँ एवम् समयानुकुल बिचार र शैलीमा बदल्नेतर्फ पार्टी नेतृत्वलाई अग्रसर गराउने बताए।

अब नेकपा एमाले अहिलेकै परम्परागत सोँच, शैली र बिचारमा चल्न सक्दैन भन्दै यदाकदा बुढाहरुको पार्टी भनिने गरिएको यस पार्टीमा उदायका हजारौँ, लाखौँ युवाको सक्रियताले यो देशको पुनर्निर्माण यसै पार्टीले गर्छ र बेरोजगार बनी विदेशिएका लाखौँ युवालाई स्वदेश फर्काएर देश विकासको लहर यसै पार्टीको नेतृत्वमा हुनसक्छ भन्ने आशा पछिल्लो समयमा थप बलियो बन्दै गएको धारणा उनले राखे।

पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्न सकिँदैन। त्यसका निम्ति दूरदर्शी र कुशल नेतृत्व, निष्ठाको राजनीति, राष्ट्रप्रतिको वफादारिता, प्रविधिमैत्री कार्यशैली, विधिको शासनप्रतिको प्रतिबद्धता, उत्तरदायी र जिम्मेवार, सदाचार तथा नैतिकताको जगमा उभिएको नेता र नेतृत्व अहिलेको आवश्यकता हो। यही आवश्यकतालाई मनन् गरी एक परिपक्व युवा नेताका रूपमा स्थानीय सरकारको गाउँपालिका प्रमुखको पदमा मैले आफूलाई योग्य उम्मेद्वार ठानेको छु।

Leave A Reply

Your email address will not be published.