७०औं प्रहरी दिवसको अवसरमा ६७ जनाले गरे रक्तदान
वीरगञ्ज आनन्द पटेल। ७०औं प्रहरी दिवसको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, प्रहरी नायब उपरीक्षकहरु हरि बहादुर वस्नेत र किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट लगायतको उपस्थिती रहेको थियो।
रक्तदान कार्यक्रममा पुरुष प्रहरी कर्मचारी ५९ जना, महिला प्रहरी कर्मचारी २ जना र सर्वसाधारण ६ जना गरी कुल ६७ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू तथा प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।