चलचित्र पत्रकार संघ पर्साको बैठक सम्पन्न, केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन

63

वीरगन्ज, चैत्र २५ — चलचित्र पत्रकार संघ नेपाल, पर्सा जिल्ला कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। संघका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गरेको छ।

बैठकले आगामी बैशाख ५ गते आयोजना हुने चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको २७ औं वार्षिक साधारणसभा तथा १० औं केन्द्रीय महाधिवेशनमा सहभागी हुन पर्साबाट प्रतिनिधि चयन गरेको छ। सो अवसरका लागि कार्यसमिति सदस्यद्वय अखिल पटेल र मनिषा साहलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएको छ।

त्यसैगरी, बैठकमा संघको सदस्यता शुल्क संकलनलाई प्रभावकारी बनाउने, संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने तथा आगामी गतिविधिहरूलाई सुदृढ गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको छ। सो अवसरमा संघको अधिवेशनमा अनुपस्थित मनिषा साहलाई प्रमाणपत्र तथा परिचयपत्र प्रदान गरिएको थियो।

बैठकमा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रञ्जित यादव, सदस्यहरू समिना रंजितकार, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, जय यादव, अखिल पटेल लगायतको उपस्थिति रहेको थियो।

संघले आगामी दिनमा चलचित्र पत्रकारिताको विकास, सुदृढीकरण तथा पेशागत मर्यादा अभिवृद्धिका लागि सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.