प्रधानमन्त्रीको खोजीमा प्रतिनिधिसभा अवरुद्ध
३० वैशाख, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले संसद अवरुद्ध गरेका छन् ।
प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले विपक्षी दलका नेताहरूलाई धारणा राख्न समय दिएका थिए ।
विपक्षी दलको तर्फबाट धारणा राख्दै अर्जुननरसिंह केसी ले प्रधानमन्त्री जवाफ दिने क्रममा पनि उपस्थित नभए संसद बहिष्कार गर्नेसम्मको चेतावनी दिए ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम ३८ अनुसार मन्त्रीले प्रस्ताव पेश गर्न सक्ने भए पनि प्रधानमन्त्रीको अनुपस्थिति गम्भीर विषय भएको बताए ।
‘जवाफको बेलामा पनि प्रधानमन्त्रीज्यू आउनु भएन भने हामीले यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ केसीले बैठकमा भने ।