वीरगञ्ज–३ मा रक्तदान कार्यक्रम, २२ जनाले गरे स्वेच्छिक रक्तदान
वीरगञ्ज, असार २० — अत्यधिक गर्मीका कारण रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ३ कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेल्पिङ युथ क्लब अफ वीरगञ्जले समन्वय गरेको थियो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
रक्तदान कार्यक्रममा एक महिला सहित २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रक्तदाताहरूमा निलु श्रेष्ठ, विशाल सरार्फ, निखिल सरार्फ, अमित सरार्फलगायत रहेका थिए।
आयोजकका अनुसार अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढेकाले आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष सञ्चारकर्मी निरञ्जन मिश्र, विभिन्न समाजसेवी, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकले रक्तदानलाई जीवन बचाउने महान कार्यको रूपमा उल्लेख गर्दै स्वस्थ नागरिकहरूलाई नियमित रूपमा स्वेच्छिक रक्तदान गर्न आग्रह गरेको छ। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जनाएको