३६ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघ नेपाल पर्सा जिल्ला कमिटीद्धारा मानव सेवा आश्रममा निशुल्क भोजन कार्यक्रम समपन्न

100

१ जेठ वीरगंज
युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ३६ औं स्थापना दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नं २५ स्थित रहेको मानव सेवा आश्रममा वृद्धा आमा, दिदी बहिनीहरुगरी ५० जनालाइ खाना खुवाई स्थपना दिवस मनाएको छ। युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पर्सा ईन्चार्ज अनिल पटेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको हो ।

प्रमुख अतिथी पटेलले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवले गरेको गरेका थिए । साथै उनले आज हामी मानव सेवा हाश्रममा आएर खाना खुवाउदा निक्कै खुसी र हर्सित भएको बताए । कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रिय सल्हकार राघव साह दिवेश प्रशाद मानवीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा यूवा संघ नेपालले अन्याय अत्यचर र भ्रस्टचारको विरोध , बिचौलिया सामन्तवादको बिरोधमा दबाब मुलक कार्यक्रम समय समयमा गर्दै आएको बताईएको थियो । सो अवसरमा नेपाल खेलकुद महासंघ समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष आकाश पटेल, नेपाल पत्रकार महासंघ पर्साका सह सचिव अजय चौरसिया, अतिथिहरु राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, मदन कुर्मी र मानव सेवा आश्रमका प्रबन्धक दिवेश प्रशाद मानवी ,राम अयोध्या पटेल,अतिथिगण रहेको थियो भने । साथै युवा संघ नेपाल पर्साका प्रताप पटेल,दीपक साह, राम नारायण, पटेल,सकलदेव यादव, रणजीत यादव, प्रेम यादव,राम पटेल, प्रदीप कुशवाह, छोटु पटेल,कन्हैया साह, विस्वाजित सिंह, उपेन्द्र पटेल,विशाल यादव ,आयुष श्रीवास्तव, दीपेन्द्र पटेल, सुग्रीम पटेल लगायतका उपस्थीत रहेको थियो। कार्यक्रम संचालन विशेश्वर पटेल ले गरेको थियो।।

Leave A Reply

Your email address will not be published.