पर्सामा ई–रिक्सा मार्फत अबैध सामान ओसारपसार, सशस्त्र प्रहरीको नियन्त्रणमा

84

सशस्त्र प्रहरी द्वारा पर्सामा अवैध सामानसहित ई–रिक्सा बरामद

बिरगंज ३१ भदौ

सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ। भदौ ३१ गते बिहान ११:०० बजेतिर पर्सा जिल्ला पकाहामैनापुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठाकुरको नेतृत्वमा ४ जनाको मोटरसाइकल गस्ती टोलीले भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरिएको कपडा नियन्त्रणमा लिएको हो। बरामद कपडाको अनुमानित मूल्य रु. ५४ हजार १ सय ५० रहेको र भन्सार बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन बिहान ७:५० बजेतिर वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकस्थित प्रसीसु गुल्मबाट खटिएको सशस्त्र प्रहरी नायब उप–निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जनाको गस्ती टोलीले भारततर्फबाट भन्सार छली ल्याइँदै गरेको पर्दा र ई–रिक्सा बरामद गरेको हो। प्रदेश–२–०३–००१ ह ८३९ नम्बरको ई–रिक्सामा राखी ल्याइएको पर्दाको मूल्य रु. ५० हजार ४ सय र ई–रिक्साको मूल्य रु. ३ लाख बराबर गरी जम्मा रु. ३ लाख ५० हजार ४ सय बराबरको सामान बरामद गरिएको हो।

सामान छाडेर फरार भएका व्यक्तिहरू भने फेला नपरेको र बरामद गरिएको सामान तथा ई–रिक्सा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएकाे सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.