मुख्यमन्त्री सिंहको राजीनामापछि विश्वासको मत स्थगित
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । मङ्गलवार मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिए । प्रमुख राजनीतिक दलहरूले समर्थन फिर्ता लिएर वा तटस्थ बस्ने निर्णय गरेपछि उनको नेतृत्वमाथि ठूलो सङ्कट देखिएको थियो ।
मुख्यमन्त्री सिंहले मङ्गलवार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । तर, नेपाली काँग्रेस, नेकपा {एमाले} , जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी {लोसपा} ले समर्थन फिर्ता लिएका थिए। यस्तै, जनता समाजवादी पार्टी {जसपा} नेपाल, नेकपा ९माओवादी केन्द्र० र नेकपा एकीकृत समाजवादी ले विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेका थिए ।